घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मन्च स्थानीय वातावरणीय संरक्षण र जनचेतनामार्फत समुदायको विकासमा सक्रिय छ। हाम्रो उद्देश्य जनताको सहभागिता बढाउँदै क्षेत्रको संरक्षण र दिगो विकासमा योगदान पुर्याउनु हो।
0१.परिचय-
घोडाघोडि ताल सुदूरपश्चिमाञ्चल विकास क्षेत्रको कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं १ अन्तर्गत पर्ने एक रमणीय ताल हो। यो ताल कैलाली जिल्लाको पहलमानपुर र सुखड बजारको बीचमा पर्ने जंगलमा पर्दछ पूर्वपश्चिम महेन्द्र राजमार्गको छेउमै अवस्थित यो ताललाई पर्यटकीय तथा पौराणिक दृष्टिकोणबाट नेपालको एक प्रसिद्ध स्थलको रूपमा लिइएको छ। यो योगी नरहरीनाथले यो तालबाट पनि काललाई स्मरण गराए गराउने केही चिनहरू पत्ता लगाएर यो ताल महाभारत काल भन्दा पनि पहिलेबाट नै एक पवित्र तीर्थस्थल थियो भन्ने साबित गरेका थिए। यो तालको इतिहास थारु जातिसँग गाँसिएको छ। स्थानीय किम्बदन्ती अनुसार यो ताल सातवटा थारु जातिको बसोबास रहेको गाउँ डुबेर बनेको मानिन्छ। र यस तालको आकार मानिसको हातको लाैला जस्तै छ।
२.तालको नामाकरण-
घोडाघोडी तालको नामाकरण किम्वदन्ती अनुसार प्राचीन कालमा यो स्थानमा एउटा सुन्दर गाउँ थियो। तर पछि एक रातभर परेको पानीले उक्त स्थानलाई तालमा परिणत गरियो। त्यसपछि त्यहाँका राजाले पहिला पोथि घोडि र केही समयपछि भाले घोडोलाई त्यस क्षेत्रको अनुगमन गर्न पठाएछन। तर दुवै घोडा घोडीहरू गन्तव्यमा नपुगी बीचैमा मरेछन् त्यसपछि ती राजाको उक्त स्थानमा कुनै दैवशक्ति भएको विचार गरी त्यस स्थानमा घोडिघोडा नामको मन्दिर निर्माण गर्न लगाए। तिनै मृत घोडिघोडा को सम्झनामा त्यो मन्दिर र ताललाई घोडीघोडा ताल भन्न थाल्यो।

३.तालको भौगोलिक अवस्था-
घोडीघोडा ताल पूर्व पश्चिम राजमार्गमा पर्ने धनगढीबाट करिब ५३ किलोमिटर पूर्वमा पर्ने यो ताल कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा नम्बर १ मा अवस्थित छ। २८.४१ ,०३ उत्तर आक्षांश र ८०.५६,४५ पूर्वी देशान्तरमा पर्ने यो ताल समुद्री सतहदेखि २०५ मिटर उचाइमा रहेको छ। करिब ४ मिटर औसत गहिराई भएको घोडाघोडी तालको क्षेत्रफल करिब १३८ हेक्टर (१२०बिगाहा) मा रहेको छ। यो ताल १९ वटा औला भएको हत्केला आकारको छ। यस आसपासमा रहेका अन्य १३ वटा ससाना तालहरू समेतलाई जोडेर उक्त ठाउँलाई सिमसार क्षेत्रमा घोषणा गरेको छ। यस क्षेत्रलाई तालै तालले ओगटेको क्षेत्रफल मात्र २४८ हेक्टर रहेको छ। यसको कुल क्षेत्रफल २५६३ हेक्टरमा रहेको छ। हवाई दृश्यबाट अवलोकन गर्दा एउटा तालको सिमाना टुङ्गिन नपाउँदै अर्को ताल सुरु हुने । तालै तालको माला झैँ लाग्छ। यो घोडागोडी ताल क्षेत्र पूर्वपश्चिम राजमार्गको छेउमै रहेको यो ताल क्षेत्र दुर्लभ चारा चुरुङ्गी विचरण गर्न शान्तभूमि अनि सुरक्षित बासस्थान हो। विश्व जलचर इतिहासमा संकटपूर्ण अवस्थामा पुगेका दर्जनौं जातका रैथाने माछाका प्रजाति हरुलाई पुतली तथा अन्य दुर्लभ मानिने चराचुरुङ्गीहरुलाई अझसम्म पनि यो तालले संगठन दिइरहेको पाएपछि सन् २००३ अगस्ट १३ गते विश्व रामसार सूचीमा सूचीकृत भएको हो। युरोप, अमेरिका तथा दक्षिण एसियाली मुलुकका कतिपय प्रकृति संरक्षणविद अनुसन्धानकर्ताका लागि यो क्षेत्र ज्यादै महत्वपूर्ण रहेको छ।
नेपालको सन्दर्भमा भन्नुपर्दा तराई क्षेत्रमा पाइने प्राकृतिक तालहरूमध्ये सबैभन्दा ठूलो क्षेत्रफल ओगटेको ताल क्षेत्र घोडा घोडी ताल हो। विश्वभरका १३१४ वटा रामशार क्षेत्रमध्ये केही विशेष स्थानीय प्रजातिका माछा ,पुतली र कछुवा यो ताल यो ताल क्षेत्रमा मात्र पाइन्छन् त्यसैले पनि विश्वका संकट संकटटापन जलचर स्थलचर तथा जैविक विविधताको दृष्टिले यो ताल क्षेत्रको संरक्षण गर्नु जरुरी भएको हो। हालसम्मको अध्ययन अनुसार यहाँ ४५० प्रजातिका वनस्पति ३८२प्रजातिका चराचुरुङ्गी २९ प्रजातिका माछा मात्र पाइने गरेका छन्।
साथै सालका प्रजातिका निकै बहुमूल्य मानिने र औषधिका रूपमा पनि प्रयोगमा आउने सतिसाल ,साझ ,खयरको घना जङ्गल यहाँको विशेषता हो। घोडाघोडी ताल क्षेत्रमा पाइने जंगलीदानको संरक्षणका लागि अध्ययन अनुसन्धान र बिउ जोगाउँ कार्यक्रम सञ्चालन गरिएको छ।
घोडीघोडा तालको छेउमा भगवान शिवको मन्दिरका कारणले यो क्षेत्र धार्मिक दृष्टिले समेत आस्थाको केन्द्रका रूपमा रहेको छ। यो क्षेत्रमा माघे संक्रान्ति, शिवरात्री, मङ्सिर पञ्चमीका दिनमा यो क्षेत्रका ठूलो धार्मिक मेला समेत लाग्ने गर्दछ तेसैले यहाँ धार्मिक पर्यटकको महत्त्व बढ्नु स्वभाविकै मानिन्छ। धार्मिक अनुष्णानमा प्रयोगमा आउने रातो कमलको बासस्थानको संरक्षणका लागि स्थानीय बासिन्दासँग मिलेर घोडाघोडि क्षेत्र संरक्षण तथा जनजागरण मञ्च नेपाल बिगत केहि दसक देखि ताल क्षेत्रमा सरसफाई कार्यक्रम लगायत उक्त ताल व्यवस्थापनमा नियमित रुपमा काम गर्दै गरेको छ।
घोडाघोडी ताल क्षेत्र भौगोलिक पर्यावणिय एव आर्थिक सामाजिक हिसाबले फरक विशोषताहरु भएको एक रमणिय प्राकूतिक स्थल हो ।
घोडाघोडी नगरपालिका-१, सुखड, कैलाली, नेपाल
फोन: ०९१-४०३११६, ९८६५६५०५४९, ९८५८४२१८८२
इमेल: ghodaghodimanch@gmail.com, dilbahadurdhami250@gmail.com
© Copyright 2025. Ghodaghodi Area Conservation & People Awareness Forum (GACAF). All Rights Reserved.
Designed & Developed by Mohrain Websoft